• ८ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

गैडहवाको डोलही शिव मन्दिर

blog

रुपन्देही, चैत १८ गते । गैडहवा गाउँपालिका वडा नं. ८ मा अवस्थित प्राचीन डोलही शिव मन्दिर निकै प्राचीन मन्दिर मध्ये एक हो । यो मन्दिर गाउँको मध्य भाग वा सडकको दाहिने तर्फ शिखर शैलीको रहेको छ।

यस मन्दिरमा थारु जातिले विशेष महत्त्व राख्दछ । एक थारु किसानले खेत खन्दा आफ्नो खेतमा शिला फेला पारेको र त्यही  शिलामा ती किसानले अन्नबाली चुट्ने गर्दा, एक पटक त्यस शिलाबाट रगत बग्न थालेकोले त्यस बेला यसलाई मुडफुटवा बाबा भन्ने गरिएको विश्वास छ । 

यो शिवलिंग हेर्दा खेरी नै प्राचीन जस्तो देखिन्छ। यो शिव लिङ्ग गोलो छ र शिलाको मध्य भागमा सानो शिव लिङ्ग रहेको छ। शिव लिङ्गलाई  नागले घेरेर छहारी दिएको छ भने, शिव लिङ्गको वरिपरि विभिन्न देवदेवताहरुको मूर्ति समेत रहेको छ। मन्दिरको गजुर माथि त्रिशूल रहेको छ, मन्दिरको चारै तिर विभिन्न देवदेवताहरु मूर्तिकला कुदिएको छ। महाशिवरात्रि पर्व लगायत अन्य पर्वमा यस मन्दिरमा स्थानीय भक्तजनहरूको भिड लाग्ने गर्दछ। यहाँका स्थानीयवासीहरू  कुनै पनि शुभ कार्य गर्दा यहाँ पूजा अर्चना समेत गर्दछन्।