• ९ मंसिर २०८१, आइतबार

आमा ! नेपाल आमा ! (कविता)

blog

आमा ! नेपाल  आमा !

आमा, नेपाल  म !

तिम्रो त हुँ  नि सन्तान

तिम्रै  त हुँ नि म  !


केही अभावले म

केही दबाबले  म

हुनसक्छ, यो पनि त

आफ्नै स्वभावले म

निदमै हिँडे  कि म

बिउँझेपछि हिँडे

हुनसक्छ, यो पनि त

सपना लिएरै  हिँडे

आमा ! नेपाल  म


घण्टी  बजेको सुन्छु

झसङ्ग  बिउँझिइन्छु

आँखा मिचेर हेर्छु

परदेशमा  पो हुन्छु

कसरी  म जाऊँ फर्की

बाटो छ एकतर्फी

कहिले  म जाऊँ  फेरि

तोडेर  यो, अँधेरी

आमा ! नेपाल  आमा !


परदेशमा छु आज

को छ मसँग  बोल्ने ?

साथी  कहाँ कहाँ छन् ?

कोही छैन खै ? तकक  भन्ने

सारा म किन्न सक्छु

किन् भन्छ, जे रहरले

के किन्न  सक्छ होला ?

माया पनि, डलरले

आमा ! नेपाल  आमा  ! 


हाल : अमेरिका