मनु हमाल
सुर्खेत, चैत ५ गते । कर्णाली प्रदेश सभाको बैठक चैत १२ गते बस्ने भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको ७ औँ बैठक चैत १२ गते आइतबार दिउँसो तीन बजे बस्ने भएको हो ।
प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बैठक बस्ने तय भएको बत्ताउनुभयो । बैठकको कार्यसूची तय गर्नका लागि सोही दिन दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेसमेत उहाँले जानकारी दिनुभयो ।
सभामुख र उप सभामुखको निर्वाचन सम्पन्नसँगै माघ ६ गते मुख्यमन्त्रीले सभाबाट विश्वासको मत प्राप्त गरेपछि त्यसयता प्रदेश सभाको बैठक बसेको थिएन ।