• ११ वैशाख २०८१, मङ्गलबार

साताका चर्चित सात तस्बिर

blog

त्रिवि क्रिकेट मैदान परिसरमा देखिएको नेपाली दर्शकको क्रिकेट मोह । तस्बिर : क्यान

काठमाडौं, चैत ४ गते। यो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको खेलले सबैभन्दा बढी चर्चा पायो। खेलका लागि पर्याप्त  प्रकाश नहुँदा डक वर्थ लेविस (डिएल) मेथोडको आधारमा नेपालले खेल जितेको हो। 

युएईलाई डिएल मेथोडमा नौ रनले हराएको खेलमा पुगेका व्यवस्थित रङ्गशालाको अभावमा दर्शकले दुःख पाएको विषयले चर्चा पायो। 

खेल अगाडि नै त्रिवि मैदान कीर्तिपुरमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत खेलाडीलाई हौसला दिनुभएको थियो।  जितका लागि युएईले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाउँदा खेल रोकिएको हो। विशाल लक्ष्य पछ्याउँदा नेपालको ब्याटिङ रोचक बनेको थियो। अझ ४४ औँ ओभरमा अम्पायरले खेल रोक्दै नेपाललाई विजेता घोषित गरेपछि मैदानमा दर्शक र नेपाली खेलाडीमा खुसीयाली छाएको थियो भने युएईका खेलाडीले असन्तुष्टि जनाएका थिए। साताका सात तस्बिरमा यो साता चर्चामा रहेको त्रिवि क्रिकेट मैदान र क्रिकेट दर्शकको लोभलाग्दो उपस्थिति : 





तस्बिर, नेपाल क्रिकेट संघ र  रासस