• १५ मंसिर २०८१, शनिबार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

blog

काठमाडौँ,  फागुन  २६ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो । 

यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो । पूजा सकेर उहाँ आजै सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय जानुहुने कार्यक्रम छ । त्यहाँ उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्नुहुने तथा सङ्ग्रहालयको अवलोकन गर्नुहुनेछ । उहाँ आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जानुहुने कार्यक्रम छ ।

पूर्वसभामुख रहनुभएका उहाँले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित हुनुएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिनुहुने जनाइएको छ ।  रासस