• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा बेन्च बस्न भ्याएन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, फागुन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट बिहीबार ‘बेन्च बस्न नभ्याए’पछि रोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बिहीबार सुनुवाइ हुन सकेन । न्यायाधीश श्रेष्ठको इजलासमा परेका आठ वटै मुद्दाको स्थिति ‘बेन्च बस्न नभ्याएको’ उल्लेख गरिएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र चिरञ्जिविवास गिरी समेतले गत मङ्गलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।