• १३ असोज २०८१, आइतबार

फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते

blog

नवीन सुवेदी 

सुर्खेत, फागुन २५ गते । सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिसाेर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  ।  सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ । 

प्रहरीका अनुसार उहाँसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका हुनुभएको छ । ‘तीन जना सँगै बसेर पिङ खेल्ने क्रममा डोरी चुँडिएपछि दुई जना घाइते हुनुभएको हो । घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उहाँका २ वर्षीय छोरा  छन्  । दुवै जनाको  कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटना बुधवार बेलुका भएको हो । घटनाबारे होटेलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो ।