• ८ पुस २०८१, सोमबार

मिथिलाञ्चलमा आज होली मनाइँदै

blog

लक्ष्मी चौधरी 

जनकपुरधाम, फागुन २४ गते । जनकपुरधामसहित मिथिला क्षेत्रमा पन्ध्र दिने परिक्रमाको भोलिपल्ट आज रङ्गहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदैछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा समापन भएसँगै जनकपुरधामसहित मिथिला क्षेत्रमा आज  असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको दिनको रूपमा होली मनाउने चलन छ ।

मिथिलामा माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तगृह परिक्रमापछि जनकपुरधामलगायत मिथिलामा क्षेत्रमा होली खेल्ने गरिन्छ । होली पर्वमा सम्पूर्ण रिसराग त्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन तथा साथीभाइहरूसँग एकापसमा रङ्ग लगाएर रमाइलो गर्ने गरिन्छ ।

होली पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।