• १२ मंसिर २०८१, बुधबार

अनेमसङ्घको हुम्ला अध्यक्षमा रावल

blog

राजन रावत

हुम्ला, फागुुन २३ गते । नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को जिल्ला कार्य कमिटी निर्बिरोध निर्वाचित भएको छ । तेस्रो जिल्ला अधिवेशनबाट अनेम सङ्घको जिल्ला कार्यसमितिलाई नै निर्विरोध चयन गरेको हो । 

नवनिर्वाचित जिल्ला कार्यसमितिका सचिव प्रतिमा लामाले तेस्रो जिल्ला अधिवेशनबाट अनेम सङ्घको सिङ्गो जिल्ला कार्यसमिति निर्विरोध चयन भएको बताउनुुभयो । उहाँका अनुुसार अधिवेशनबाट मन्जुु रावल सघ्घको जिल्ला अध्यक्षमा निर्विरोध चयन  हुनुुभएको छ । 

उपाध्यक्षमा बाँचुु जैसी र उज्जला जेठारा चयन हुनुुभएको छ । त्यसैगरी सचिवमा प्रतिमा लामा, सहसचिवमा कल्पना शाही र कोषाध्यक्षमा डोइला चँदारा सर्वसम्मत चयन हुनुुभएको छ । त्यसैगरी अधिवेशनले पैतालीस जना सङ्घको जिल्ला कमिटीको सदस्यमा चयन गरेको छ । 

सचिव लामाले सदस्यमा भेग, क्षेत्र, क्लष्टर, दलित, महिला, जनजाति सबैलाई समेटिएको बताउनुुभयो । संघको जिल्ला अधिवेशन दुुई दिनसम्म सञ्चालन भएको थियो । यसअघि सङ्घको जिल्ला अध्यक्षमा जानकला भण्डारी हुनुुहुन्थ्यो । 

सर्वसम्मत चयन भएपछि सचिव लामाले सङ्घ अब सङ्गठन विस्तारमा लाग्ने बताउनुुभयो । यसैबीच अनेमसङ्घको अधिबेशनपछि पहिलो बैठक समेत अध्यक्ष रावलको अध्यक्षतामा बसेको छ । बैठकले जिल्ला कमिटीको नियमित बैठक दुुई महिनामा बस्ने, सङ्गठन नबनेको वडा र गाउँपालिका कमिटी गठन गर्ने, नयाँ सदस्य दिने र सदस्य नवीकरण गर्ने, नारी दिवस आफ्नो स्थानमा भव्य रुपमा मनाउने निर्णय गरेको छ । यसैबीच सङ्घले आफ्नो सचिवालय छिटै गठन गर्ने भएको छ ।