• १३ साउन २०८१, आइतबार

कर्णाली राजमार्गको स्तरवृद्धिको पहल गर्छु : सांसद लामा

blog

पत्रकार भेटघाट कार्यक्रममा सांसद लामा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, फागुन २२ गते । मुगाल समुदायबाट समानुपातिक सांसद रहेका जुम्लाका सांसद छिरिङ ल्हामु लामाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सक्ने पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । गृह जिल्लामा गरिएको स्वागत कार्यक्रममा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।  

समानुपातिक सांसद भएपछि पहिला पटक जिल्ला फर्केपछि जिल्लाका आठ वटा स्थानीय तहले उहाँको स्वागत कार्यक्रम राखेको थियो । मुगाल समुदायबाट पहिलो पटक सांसद भएपछि सो समुदायमा उत्साह बढेको स्थानीयको भनाइ छ । बाटोको समस्या भएकाले त्यसको सुधारको पहलका लागि स्थानीयले आग्रह गरेका थिए ।

सांसद लामा शहीद परिवारका सदस्य, सरोकारवाला निकाय तथा स्थानीय तहका प्रतिनिधिहरूसँग आवश्यक सल्लाह र सुझाव पनि लिनुभएको छ । मुगाली समुदायबाट आफू एक्लो सांसद भएकाले समुदायको माग सम्बोधन गराउन आफूले पहल गर्ने उहाँले बताउनुभयो । 

कर्णाली राजमार्गलाई दुई लेनको सड्क बनाउन आवश्यक रहेको भन्दै आगामी बजेटमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । जुम्ला विमानस्थललाई स्तरवृद्धिको विषयमा पहल भइरहेको जानकारी दिँदै जिल्लामा रहेको विकास निर्माणमा आफूले ध्यान दिने उहाँले बताउनुभयो ।