• १२ मंसिर २०८१, बुधबार

कालिजपालन व्यवसाय फस्टाउँदो

blog

नवलपरासी समाचारदाता

कावासोती, फागुुन १५ गते ।  नवलपरासीपूर्वमा कालिजपालन व्यवसाय गर्नेहरू बढेका छन् । कालिजपालन मासुका लागि उपयोगी भएकाले कतिपय युुवा यस व्यवसायतर्फ सक्रिय देखिएका हुन् । 

कालिजपालन व्यवसायसँगै यसको बजारमा भने समस्या देखिएको छ । युवा व्यवसायी राम थापा व्यवसाय त गरियो तर बजार पाउन गाह्रो भएको बताउनुहुन्छ । 

नवलपरासीपूर्व कावासोतीका नन्दलाल लामिछाने यो व्यवसायबाट मनग्गे आम्दानी भए पनि पर्याप्त बजारीकरणको समस्याले चिन्तित हुनुुहुुन्छ । डेढ वर्ष अगाडि १० कट्ठा जग्ग्गा भाडामा लिएर कालिजपालन व्यवसाय सुुरु गर्नुुभएका लामिछानेको फर्ममा अहिले पनि पाँच सयभन्दा बढी कालिज रहेका छन् । आगामी वर्ष दस हजार कालिज पाल्ने लक्ष्य रहेको लामिछानेले बताउनुभयो । 

कालिजपालन व्यवसाय वैधानिक रूपमा सञ्चालित छन् । बजारमा यसको माग राम्रो पनि छ तर पनि बजारीकरणमा समस्या रहेकोे व्यवसायी बताउँछन् । बजारीकरणको समस्या हट्ने हो भने यसतर्फ अझै आकर्षण बढ्ने व्यवसायी टीएन थापा बताउनुुहुुन्छ ।

यो कालिज हल्यान्डबाट नेपाल भित्रिएकाले यसको सुुरुमा राम्रो बिक्री हुुने गरेको भए पनि अहिले भने बजारीकरण नै मूल समस्या रहेको बताइन्छ । कालिज प्रतिगोटा दुुई हजारदेखि तीन हजारसम्म बिक्री हुुने गरेको छ ।  स्थानीय निकायले समेत कालिजको बिक्री वितरणमा चासो दिएर सहज बिक्रीको वातावरण तयार गर्ने हो भने यसतर्फ आकर्षण बढ्ने व्यवसायीले बताएका छन् । कालिज स्वास्थ्यका लागिसमेत राम्रो र सफा चराका रूपमा लिइने मात्र होइन यसको मासुुसमेत अन्यको भन्दा मीठो हुुने गरेको छ ।