• १३ साउन २०८१, आइतबार

एमालेले बोलायो सचिवालय बैठक

blog

काठमाडौँ, फागुन  १२  गते । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । रासस