अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन ११ गते । बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ । गत फागुन ५ गते १० वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा मंगला गाउँपालिका –५ अर्मनका २० वर्षीय ओमे भन्ने राज थापालाई प्रहरीले गिरफ्तार गरेको हो ।
थापाले बालिकालाई यसअघि गत भदौ २१ गते बलात्कार गरेको र पुनः फागुन ५ मा पनि बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन ढकालले जानकारी दिनुभयो ।
त्यस्तै १४, बर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गलकोट नगरपालिका –२ नरेठाँटी घरभई धौलागिरी गाउँपालिका –६ मराङमा मजदुरी गर्ने २४ वर्षीय झमबहादुर श्रीषलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । श्रीषले फागुन ६ गते राति बालिकालाई बलात्कार गर्ने उद्देश्यसहित यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
दुवै घटनाका आरोपितलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेको र प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ढकालले बताउनुभयो ।