अमरराज नहर्की
तनहुँ, फागुन १० गते । तनहुँ प्रहरीले लागूऔषध गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका –४ बेनिटारस्थित पृथ्वी राजमार्ग खण्डमा बुधबार दिउँसो २ः४५ बजे अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोरखा घ्याचोबाट मुग्लिन हुँदै पोखरा जाँदैगरेको ग १३ प ६३६४ न. को मोटरसाइकल लाई चेकजाँच गर्नेक्रममा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताउनुभयो ।
मोटरसाइकलको पछाडि सवार पर्वत मोदी गाउँपालिका –८ बस्ने वर्ष २९ को दिवस गुरुङले बोकेको कालो झोलाभित्र लुकाई छुपाई ल्याइएको ७ किलो ५०० ग्राम गाँजासहित मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय विशाल सुनारलाई नियन्त्रणमा लिइएको प्रनाउ खाणले बताउनुभयो ।
दुवै जनालाई जिल्ला अदालतबाट बुधबार आठ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।