• ११ मंसिर २०८१, मङ्गलबार

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

blog

वासिङ्टन, फागुन १० गते । फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मियामयीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनाको छानबिन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि  उक्त दुर्घटना भएको हो ।

सोमबारको विस्फोटमा  एक जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । रासस/सिन्ह्वा