लीलाराज खड्का
बिर्तामोड, फागुन ९ गते । झापाको बिर्तामोडमा मङ्गलवार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय विजय चौधरीले दिउँसो साढे ४ बजे आफैँ शरीरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेका हुन् ।
मुक्तिचौकमा शरीरमा पेट्रोल छर्केर आगो झोसेका चौधरीको ढाडमा आगोले जलेर इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायक उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।
घाइते चौधरीको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको विएण्डसी अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।