• १२ साउन २०८१, शनिबार

योग गर्ने राम्रो बानी

blog

हामी सबैका लागि योगको धेरै महत्त्व छ । हरेक दिन बिहान योगका विभिन्न अभ्यास गर्ने बानी गर्ने हो भने हामी सानै उमेरदेखि स्वस्थ बन्न सक्छौँ । हामी साना बालबालिकाका लागि पनि धेरै कुरा गर्न सकिने रहेछ । योगका धेरै प्रकार रहेछन् । बालबालिकाका लागि गर्ने योगले बढ्ने उमेरमा विभिन्न फाइदा हुने रहेछ । 

पुस महिनामा हाम्रो विद्यालय बन्द छ तर माघको १ गते परेको योग दिवसको अवसरमा सबै विद्यालयमा यो दिवस मनाउन नेपाल सरकारले नै निर्देशन दिएको रहेछ । त्यसैले घरमै बसेर भए पनि परिवारको साथमा योग दिवस मनाउन सकिन्छ । 

साथीहरू म त हरेक दिन बिहान विद्यालय जानुअघि ‘ऊँ’को उच्चारण र ‘ताड’ आसनहरू गर्ने गरेको छु । हाम्रो हाइट बढ्न  ‘ताड’ आसन र पढेका कुराहरू सम्झिनका लागि बिहान बिहान गरिने ‘उम’को उच्चारणले धेरै सहयोग पुग्ने रहेछ । ‘ऊँ’को उच्चारणले हाम्रो दिमागमा भएका सबै नसा स्वस्थ हुने रहेछ । यति मात्र होइन । 

योगको गुरुहरूले भन्नुभएअनुसार बिहानको शान्त समयमा ‘ऊँ’को उच्चारण गर्दै वरपरको वातावरणसमेत शान्त हुने गर्छ । मलाई योगका बारेका धेरै  कुरा त थाहा छैन तर ‘ताड’ आसनले शरीरको नसाहरू तन्किएर रगत सञ्चालन राम्रो हुने गर्छ भन्ने कुरा बुझेको छु । ‘उम’को कम्तीमा पनि १० पटकसम्म उच्चारण गर्दा हामीलाई दिनभरि पढेको कुरा सम्झिन सजिलो हुन्छ भनेर विद्यालयमा पनि गुरुआमाले सिकाइरहनु भएको छ । त्यसैले साथीहरू हामी सबै निरोगी र स्वस्थ बन्नुपर्छ । यसका लागि नियमित योग गर्ने बानी गर्नुपर्छ है ।

यस वर्षको योग दिवस माघ १ गते ‘स्वस्थ जीवनको चाहना : योग शिक्षा र साधना’ भन्ने नाराका साथ देशभरि विभिन्न कार्यक्रम हुने गर्छ । हामी पनि आमाबाबाको साथमा जान सक्छौँ । धेरै कुरा बुझ्न सक्छौँ । साथीहरू योग गर्ने बानी बसालौँ । हाम्रो लागि यो फाइदाको कुरा रहेछ ।