• १३ वैशाख २०८१, बिहिबार

एसियाकै दोस्रो ठूलो डम्फु

blog

सिन्धुली, माघ २३ गते । धुलिखेलबाट सिन्धुलीतर्फ जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ । डम्फु पार्क नै नामकरण गरिएको आकर्षक देखिने यो डम्फु काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालो ढुङ्गा र रोशी खोलाको किनारमा छ ।

स्थानीयवासी राजवीर तामाङका अनुसार यो एसियाको दोस्रो ठूलो डम्फु हो । जुन ३२ फिट अग्लो र गोलाइ पनि ३२ फिट छ। पहिलो ठूलो डम्फु भुटानमा छ । 

तामाङका अनुसार यसको क्षेत्रफल २२१ रोपनी छ। अझै यहाँ निर्माणकार्य हुन बाँकी छ र यस्तै शैलीको तामाङ संस्कृति झल्किने ढिकी, जाँतो आदि पनि बनाइनुको साथै पार्क, बगैँचा लगाएर विभिन्न भवनहरू निर्माण हुने क्रममा छ। डम्फु तामाङ संस्कृतिको प्रमुख बाजामध्ये एक हो। अब यही स्थलमा तामाङ समुदायको विभिन्न चाडपर्व मनाइनेछ।