• १६ चैत २०८०, शुक्रबार

भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिए

blog

अविनाश चौधरी

धनगढी, माघ २२ गते । कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिएका छन् । 

मर्मतका लागि अत्तरियातर्फ ल्याउँदै गरेको सु.प.प्र. ०१००१ ज १३६१ नम्बरको फोर्स जिप ब्रेक फेल भ  भीरबाट तल खस्दा सवार दुई जनाले हाम फालेर ज्यान जोगाएका हुन । शनिबार राति ११ बजे जिप भीमदत्त राजमार्गबाट तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हाम फाल्दा जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय ईश्वर पन्त र डडेल्धुराको परशुराम नगरपालिकाका–५ का ४१ वर्षीय लालबहादुर खड्का सामान्य घाइते हुनुभएको छ । चालक पन्तको बायाँ हात, छातीमा र खड्काको कुममा चोट लागेको छ । 

दुवै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । जिपमा दुई जना सवार रहेको र मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो जिप जोगबुढाबाट मर्मतका लागि अत्तरियातर्फ ल्याइँदै थियो ।