• ८ पुस २०८१, सोमबार

‘चुरे संरक्षणमा ध्यान दिनुपर्छ’

blog

धर्बेन्द्र झा 

धनुषा, माघ ८ गते । चुरे क्षेत्रको संरक्षण गर्ने काममा तीनै तहका सरकारले समन्वय गरी आफनो कार्यक्रम तयार गर्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । गृह मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले जनकपुरधाममा गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो बताउनुभएको हो । 

राष्ट्रिय विपद् न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका सदस्य गंगालाल तुलाधरले दिनदिनै भइरहेको चुरे क्षेत्रको दोहनका कारण बातावरणमा प्रभाव परेको भन्दै यसलाई रोक्न नसकेमा अबको ३० वर्षमा तराई मधेश क्षेत्र मरुभूमि हुने बताउनुभयो ।  

चुरे क्षेत्रको संरक्षणका लागि तिनै तहका सरकारले आफनो नीति तथा कार्यक्रम तयार पार्दा समन्वय सहर्काय गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय विपद् न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक सुनिल पोखरेलले विपद् न्युनिकरण तथा ब्यवस्थापनका लागि प्राधिकरणले प्रभावित क्षेत्रमा प्रभाकारी रुपमा कामकाज गरेको बताँउदै विपद् आउन नदिन पूर्व तयारीमा जुटनुपर्ने बताउनुभयो । 

मधेश प्रदेशको आठ जिल्लाका बाढी प्रभावित पालिकाको प्रतिनिधिहरुले मधेश प्रदेशमा आएका प्राकृतिक प्रकोप र त्यसबाट हुन सक्ने क्षतिको न्युनिकरणका लागि पुर्व तयारीका विषयमा सुझाव दिनुभयो ।