• ११ असोज २०८१, शुक्रबार

घरमा आगलागी हुँदा लाखौँको क्षति

blog

आगलागीले नष्ट भएको थोप्राको घरको संरचना

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ८ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेर नष्ट भएको छ । प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा क्षतिको विवरण सङ्कलन गरिएको र सङ्कलित विवरणअनुसार करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ । 

स्थानीय गोपाल थोप्राका अनुसार पीडित परिवार हाल छिमेकीकहाँ शरण लिएर बस्दै आउनुभएको छ । शनिबार साँझ आगलागी भएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।