• १३ असोज २०८१, आइतबार

लोकगायिका नीराको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

blog

लोकगायिका नीरा छन्त्याल ।

काठमाडौं, माघ २ गते । यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको हो । 

प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले सदस्यसमेत रहनुभएकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । 

गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।