• १३ वैशाख २०८१, बिहिबार

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

blog

क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, पुस ३० गते । नेपाल पुलिस क्लब सातौं एनभिए महिला तफा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट पुलिसले २५–१५ ले जित्यो । त्यसपछि एपीएफले २५–१७, २५–२१ ले लगातार दुई सेट जित्यो । चौथो सेटबाट पुन खेलमा फर्किएको पुलिसले २५–२१ जित्दै खेललाई बराबरीमा ल्यायो ।

अन्तिम तथा निर्णायक सेटमा पुलिस १५–७ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुलिसले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार नै भएको अर्को खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सोझो सेटमा हरायो । पहिलो सेट न्यु डायमन्डले २५–१७ ले गुमाएको थियो । त्यसपछि न्यु डायमन्ड २५–१९, २५–१६, २५–१८ को जित निकाल्दै फाइनमा स्थान बनाएको हो ।