• १६ चैत २०८०, शुक्रबार

एस्टन भिल्ला विजयी

blog

लिड्सविरुद्ध पहिलो गोल गरेपछि एस्टन भिल्लाका लिओन वेइली । तस्बिर : एएफपी

काठमाडौं, पुस ३० गते । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाइटेडमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो ।

एस्टन भिल्लाको जितमा लिओन वेइली र इमिलियानो बुइन्डियाले गोल गर्नुभयो । लिड्सका प्याट्रिक बामफोर्डले सान्त्वना गोल फर्काउनुभयो । एस्टन भिल्लाले तेस्रो मिनेटमा लिओन वेइलीको गोलबाट खाता खोलेको थियो । त्यसपछि ६४औँ मिनेटमा इमिलियानो बुइन्डियाले हेडगोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । 

८३औँ मिनेटमा लिड्सका प्याट्रिक बामफोर्डले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर त्यसपछि दुवै टोलीबाट थप गथोल नहुँदा एस्टन भिल्ला विजयी भयो । जितसँगै एस्टन भिल्ला ११औँ स्थानमा छ ।

एस्टनले १९ खेलबाट २५ अङ्क बनाएको छ । पराजित लिड्स १७ अङ्कसहित १४औँ स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको आर्सनलको ४४ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अङ्क छ । एजेन्सी