• १६ चैत २०८०, शुक्रबार

गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रसकन्ट्री दौड माघमा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, पुस २८ गते । सातौँ झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते नुवाकोट र गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने भएको छ । एथलेटिक्स परिवार, नेपालले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको हो । आयोजकका अनुसार धरान रन फागुन १३ गते धरानमा हुनेछ  । 

नुवाकोटको वेलकोटगढी नगरपालिकामा हुने झिल्टुङ क्रसकन्ट्री दौडमा १३.५ किमी पुरुष तथा महिला र भेट्रान, ४.५ किमी खुला जुनिर, स्थानीय छात्र छात्रा र आमासमूह लगायत १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दौडमा पाँच सय खेलाडीको सहभागिता रहने । सबै विधामा नगद पुरस्कार राखिएको बताइएको छ । 

यस्तै काठमाडौंमा हुने गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ विभिन्न २७ वटा ट्र्याक एण्ड फिल्ड इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यस्तै १० किमी धरान रनमा चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।