• १२ मंसिर २०८१, बुधबार

ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक अनावरण

blog

नरेन्द्र ढकाल

गोरखा, पुस २८ गते । ३०१औँ पृथ्वी जन्यती गोरखामा भव्यताका साथ मनाइएको छ । गोरखा नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो । 

गोरखाको ऐतिहासिक ठूलो आँगनमा निर्मित राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै प्रधान सेनापति प्रभुराम शर्माले पुस २७ नेपाली जनताका लागि विशेष महोत्सवको दिन भएको बताउनुभयो । “नेपाली जनता र नेपाली सेनाको लागि यो गौरवमय क्षण हो,” उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहले जहाँ बसेर नेपाली सेनाको निर्माण गरी नेपाल राज्य एकीकरण थाल्नुभएको आज थियो हामी त्यहीँ उभिएर उहाँप्रति सम्मान व्यक्त गरिरहेका छौँ ।” तत्कालीन समयमा राज्य एकीकरणका लागि पृथ्वीनारायण शाहले स्थापना गरेका पाँचवटा गण अहिले पनि अस्तित्वमा छन् । 

जसलाई नेपाली सेनाको स्थापनाकालीन गणका रूपमा लिइन्छ । सोहीअनुरूप पृथ्वी जयन्तीलाई सेनाले विशेष महìव दिने गरेको छ । गोरखा नगरपालिकाको २२ लाख रुपियाँ लागतमा गोरखा नगरपालिका–६ ठूलो आँगनमा पृथ्वीनारायण शाहको सात फिट तीन इन्चको सालिक राखिएको छ । सालिकसहितको मनोग्राममा नेपालको झन्डा, नेपालको नक्सा र सालिक पनि राखिएको छ । अबदेखि दैनिक सूर्योदय र सूर्यास्तको समयमा पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने बताइएको छ । गोरखा नगरपालिकाले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न सालिक निर्माण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । यसले जिल्लाको ऐतिहासिक महìवलाई थप उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिइएको उहाँको भनाइ छ । 

कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी हुनुभएको थियो । कार्यक्रम सुरु हुनुपूर्व स्थानीय कला, संस्कृति र वेशभूषा झल्कने खालका झाँकीसमेत प्रस्तुत गरिएको थियो  । नेपालको राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाह एवं एकीकरण कालीन तस्बिर राखेर गोरखाको ठूलो आँगन क्षेत्रलाई झकिझकाउ पारिएको थियो ।