• १० मंसिर २०८१, सोमबार

माधवनारायण मेलाको तयारी पूरा

blog

काठमाडौँ, पुस २१ गते । साँखुमा लाग्ने एकमहिने श्रीस्वस्थानी व्रत कथा तथा शालीनदी मेलाको तयारी पूरा भएको छ। माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठल मेला भर्न आउने तथा व्रतालुलाई सहज हुने तरिकाले काम गरेको जानकारी दिनुभयो। 

उहाँले व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुको सेवाका लागि सबैभन्दा पहिले लागत सङ्कलनका लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने, व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको जानकारी दिनुभयो। एकमहिने मेलामा ३० देखि ३५ लाख धर्मावलम्बी आउने श्रेष्ठको अनुमान छ। 

भक्तजनको सेवासुविधालाई ध्यानमा राख्दै सार्वजनिक यातायातको सम्बन्धमा शालीनदी यातायात प्रा.लि. बाबा गोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बस जस्तोसुकै अवस्थामा समेत सेवा दिन तयार रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँले अपुग भएको खण्डमा बस थप गरिने बताउँदै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको पनि बताउनुभयो। प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म मेला लाग्ने गर्छ। यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म मेला लाग्दै छ।