• २३ असार २०८१, आइतबार

फुटबल खेलाडी सिम्रन गाउँमा सम्मानित

blog

सिम्रन राईलाई सम्मान गरिँदै । तस्बिर : गोरखापत्र

बिर्तामोड समाचारदाता

बिर्तामोड, पुस १७ गते । झापाको कनकाई–८ निवासी महिला फुटबलकी यू–१५ साफ  च्याम्पियन खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ । 

कनकाई नगर खेलकुद विकास समितिले एक विशेष कार्यक्रमका बीच महिला फुटबल खेलाडी राईलाई खेल सामाग्री, सम्मान पत्र र नगद १० हजार र कनकाई नगरपालिका ३ निवासी हाल अष्ट्रेलियामा रहनुभएका दुर्गा उप्रेतीले नगद १५ हजार रुपियाँसहित सम्मान गरिएको हो । 

सिम्रनले १५ वर्ष उमेर समूहको साफ च्याम्पियनमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित भएको र आफ्नो ठाउँको नाम राखेकोले सम्मान गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

कनकाई भेट्रान क्लबले आयोजना गरेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता समापनका अवसरमा फुटबल खेलाडी राईलाई नगद, खेलसामाग्री र दोसल्लासहित सम्मान गरिएको हो । सिम्रनले १० वर्षकै उमेरदेखि महिला फुटबलका क्षेत्रमा प्रवेश गरी फुटबलका विभिन्न प्रतियोगिताहरूमा भाग लिँदै आउनुभएको छ । सानै उमेरदेखि अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेकोले सम्मान गरिएको सिम्रनका प्रशिक्षक सन्त रायमाझीले बताउनुभयो ।