• १० मंसिर २०८१, सोमबार

सेताे मच्छिन्द्रनाथको महास्नान

blog

सेतो मच्छिन्द्रनाथलाई महास्नान । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, पुस १५ गते । हरेक चन्द्रमासको तेस्राे महिना सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यवलोकितेश्वरलाई महास्नान गराउने परम्परा अनुसार शुक्रबार विधिपूर्वक स्नान गराइएको छ ।

सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याएर सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइएको हो । महास्नानको अवलोकनका लागि जीवित देवी कुमारीको उपस्थिति थियो।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।