• २३ असार २०८१, आइतबार

आयोजक सहारालाई धरानको झट्का

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै धरान र सहाराका खेलाडी । तस्बिर : रासस

काठमाडौं, पुस १४ गते । आयोजक सहारा पोखरालाई २२औँ संस्करणको आहा रारा गोल्डकपमा धरान फुटबल क्लबको नमिठो झट्का लागेको छ । पोखरा रङ्गशालामा बिहीबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरानले सहारालाई १–० गोलले हरायो ।

धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गर्नुभयो । प्रकाशले पाँचौँ मिनेटमा फ्रिकिकमार्फत गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । सुरुमै गोल खाएको सहाराको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल भएन । जितसँगै धरान क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।