• २३ असार २०८१, आइतबार

पीएसजीको प्रतिस्पर्धात्मक जित

blog

गोल गरेपछि पीएसजीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १४ गते । कतार विश्वकप पछि सुरु भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धात्मक जित निकालेको छ । नेयमारले रातो कार्ड पाएको खेलमा पीएसजीले  बुधबार राति स्टार्सबर्गलाई २–१ गोलले हरायो ।

पीएसजीको जितमा मार्किन्होस र केलियन एमबाप्पेले गोल गर्नुभयो । स्टार्सबर्गले पीएसजीका मार्किन्होसबाट आत्मघाती गोल उपहार पाएको थियो । मार्किन्होसले १४औं मिनेटमा खाता खोल्नुभएको थियो । ५१औं मिनेटमा मार्किन्होसको प्रहार आत्मघाती गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताउनुभयो । यसअघि ६१औं र ६२औं मिनेटमा लगातार पहेंलो (रातो) कार्ड पाउँदै नेयमार बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

तर स्टार्सबर्गले त्यसको फाइदा उठाउन सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अङ्क बनाएको छ । पराजित स्टार्सबर्ग ११ अङ्कसहित १९औं स्थानमा छ । एजेन्सी