• २३ असार २०८१, आइतबार

जय हुमागाईं गोल्ड कपको उपाधि बीवाईएससीलाई

blog

विष्णुप्रसाद पोखरल

दमक, पुस १४ गते। झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको प्रथम आमन्त्रित जय हुमागाईं गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि बीवाईएससी मेन्नेसोटा अमेरिकाले लगेको छ। 

बुधबार अबेर सकिएको खेलमा सहलेश युवा क्लब सिराहालाई १-० गोलले हराउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद ५ लाख, ट्रफी र प्रमाणपत्र लगेको हो। बीवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गर्नुभयो। 

उपविजेता सहलेशले नगद ३ लाखसहित ट्रफी र प्रमाणपत्र पाएको छ। प्रतियोगिता आयोजक जय हुमागाईं मेमोरियल ट्रस्टका अध्यक्ष शिव हुमागाईका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च भएको छ। प्रतियोगितामा नेपाल बाहिरका बीवाईएससी मिन्नेसोटा अमेरिका, एभनिर फुटबल क्लब क्यामरुन, युके फुटबल क्लब दार्जिलिङको सहभागिता थियो।

नेपालका सहलेश युवा क्लब सिराहा, शान्तिनगर फुटबल क्लब सुनसरी, बीवाईसी बेलडाँगी (घरेलु टीम), बिर्तामोड युनाइटेड झापा र पथरी शनिश्चरे शिविरको टिम गरेर आठ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए। भुटानी शरणार्थी शिविरभित्र पहिलो पटक ठूलो प्रतियोगिता भएको जनाइएको छ।

भुटानी शरणार्थी शिविरमा रहेर पछि तेस्राे देश पुनर्बासमा कार्यक्रममा सहभागी भईं अ‍ेमरिका पुगेर त्यही मृत्यु हुनुभएका जय हुमागाईंको सम्झनामा उनको परिवारले ट्रस्ट बनाएर पहिलो पटक नेपालमा आएर यो प्रतियोगिता गरेको हो। करिब ३० लाख खर्चेर शिविरभित्र खेलमैदान बनाइएको छ।