• १३ साउन २०८१, आइतबार

जबरजस्ती गरेको आरोपमा पक्राउ

blog

रेखीराम राना

पाल्पा, पुस ११ गते । १४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –१, ठूलीउदाङ्का २१ वर्षीय हिमाल सोमरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

रुपन्देही जिल्ला सैनामैना घर भएका र हाल तिनाउ –१, मा मामाघर बस्दै आएका १४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले सोमरेलाई पक्राउ गरेको हो । 

पीडित बालिकाको परिवारबाट आएको जाहेरीका आधारमा निज आरोपी सोमरेलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।