• १३ असार २०८१, बिहिबार

बुद्ध एयरका संस्थापक बस्नेतको निधन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १० गते । पूर्व न्यायाधीश एवम्  बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार राती निधन भएको छ । 

उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्यआपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुनुभएको थियो । उहाँ निर्वाचन आयोगको स्थापना भएपछि २०२३ सालमा प्रमुख आयुक्त हुनुभएको थियो । 

उहाँले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर  हवाई सेवामा नयाँ आयाम सुरु गर्नुभएको थियो । 

भोजपुरको दिंगलास्थित साल्मामा जन्म लिनुभएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए, एलएलबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर सेवा गर्नुभएको थियो ।