• २३ वैशाख २०८१, आइतबार

छोटो कार्यक्रमबीच फाइनल खेल सुरु

blog

काठमाडौं, पुस ३ गते । कतारमा जारी २२औं फिफा विश्वकपको फाइनल सत्र छोटो कार्यक्रमसहित सुरु भएको छ । फाइनल खेलअघि विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिएका थिए । 

दोहा स्थित ८८ हजार दर्शक क्षमताको लुसेल स्टेडियममा फाइनलअघि १५ मिनेट चलेको समापन कार्यक्रममा भारतीय अभिनेत्री तथा गायिका नोरा फतेहीसँगै बाल्किस, रहमा रियाद र मानालको लगायतले प्रस्तुती दिनुभएको थियो ।

फाइल खेलअघि भारतीय अभिनेत्री दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी बोक्नु भएको छ । फाइनल खेलमा दुई टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रुपमा फिफा विश्वकपको ट्रफी मैदानमा ल्याउने प्रचलन रहेको छ ।

दीपिकाले फिफाको पार्टनर लुइस भूतोंको प्रतिनिधिका रुपमा ट्रफी बोक्नुभएको हो । कासिलास सन् २०१० मा स्पेनले विश्वकप जित्दा टोलीका कप्तानहुनुहुन्थ्यो ।

कतार विश्वकपको समापन समारोहलाई ‘अ नाइट टु रिमेम्बर’ अर्थात् यादगार रात नाम दिइएको छ । फाइनल खेलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेको छ । एजेन्सी