• १४ मंसिर २०८०, बिहिबार

बागेश्वरी मन्दिर, बागेश्वरी देवघाट

blog

चितवन, पुस २ गते । चितवनको भरतपुरबाट देवघाट जाँदा वा देवघाट प्रवेश गरेपछि दाहिने तर्फ जङ्गलमा अवस्थित रहेको छ बागेश्वरी मन्दिर । यो मन्दिर भरतपुर महानगरपालिका– १ बागेश्वरी देवघाटमा रहेको छ। 

यी देवी मानिएको स्थललाई दुदै तर्फ सिंहको मूर्तिले घेरेको छ। त्यही स्थानमा नै सिंह वाहिनी दुर्गा मानी बागेश्वरी देवीको भक्तजनहरू पूजा अर्चना गरी बलि पनि दिइँदै आएको छ । यस मन्दिरको सिंह र गजुरलाई हेर्दा यस मन्दिरलाई मल्लकालीन  सेन राजाहरूको समयमा भएको हो भन्ने स्थानीयवासीको भनाइ रहेको छ। यहाँ उत्खनन गर्दा कुँदिएका शिलाहरू, भैरवको मूर्ति, चक्र, पखेटा भएको साढेको मूर्ति, खड्ग धारिणी देवीको मूर्तिहरू प्राप्त भएका  थिए।  मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक मूर्ति रहनुको साथै मूर्तिको अगाडी कालो शालिग्राम, शङ्ख, आदी रहेका छन्।

यही मन्दिर परिसरमा श्री वागीश्वर आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम समेत रहेको छ।




Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।