• २९ वैशाख २०८१, शनिबार

ऐतिहासिक अशोक स्तम्भ (फोटो फिचर)

blog

लुम्बिनी, मङ्सिर २४ गते । अशोक सम्राट् उपगुप्ताको अगुवाइमा सर्वप्रथम चार स्थलको यात्रा गर्ने सिलसिलामा सम्राट्को पहिलो यात्रा लुम्बिनीबाट सुरुवात भएको स्पष्ट दिव्यावदान साहित्यमा उल्लेख गरिएको छ । सम्राट् अशोक पहिला लुम्बिनी त्यसपछि कपिलवस्तु लगायत अन्य विभिन्न स्थलको भ्रमण गरी कुशीनगर पुगेका थिए ।

इतिहास प्रमाणका अनुसार अशोक स्तम्भमा अङ्कित ब्राह्मी लिपिको वाक्यले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको स्पष्ट किटान गरिएको छ । दिव्या दानमा पनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो भन्ने वाक्यांश उल्लेख छ । सम्राट् अशोकले कपिलवस्तु र लुम्बिनीमा प्राप्त तीन वटा स्तम्भहरू एकै प्रकारका चमकदार चुनारको ढुङ्गा प्रयोग गरी विशिष्ट कलाकारहरूको समूहद्वारा तयार पारिएको देखिन्छ र लुम्बिनीको स्तम्भमा शाक्य मुनी बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको पुष्टि समेत गरिएको छ ।