• ७ वैशाख २०८१, शुक्रबार

अभिनयमा छाएकी मोडेल मिङमा डोमाको चर्चा

blog

काठमाडौँ, मङ्सिर २३ गते । सानै उमेरमा नृत्य र अभिनयबाट दर्शकको मन जित्न सफल हुनुभएकी मोडेल मिङमा डोमा शेर्पाको चर्चा हिजोआज बढ्दो छ । अभिनय र नृत्य राम्रो गर्ने शेर्पाको चर्चा म्युजिक भिडियोमा चुलिन थालेको हो । 

कला क्षेत्रमा मङ्गोलियन अनुहारका नायिका र मोडेलको उपस्थिति कमै देखिन्छ । मोडेल शेर्पा अभिनयमा उदाएसँगै दर्शकले रुचाउन थालेको छ । पछिल्लो समय नादिङ, तामाङ सेलो लयका गीतहरूमा उहाँले अभिनय गर्नुभएको छ । मोडेल शेर्पाको अभिनय रहेको गीत 'मज्जाले नाचौला' युटुवमा छोटो समयमै एक करोड ६० लाख बढीले हेरिसकेको छ । यी गीत मात्र नभएर मोडेल शेर्पाले अभिनय गरेका एक दर्जन बढी गीतले बजार लिएको छ । 


मंगोलिन अनुहार भएकी भुटानी अभिनेत्री उगेन छोदेन ले अभिनय गरेको नेपाली चलचित्र 'दुई नम्बरी'ले पनि दर्शकको मन जितेको थियो । त्यस्तै उदाहरण बनेको छ मिङमा डोमाको पनि । २० वर्षीया शेर्पाले २०७४ सालमा 'आइ क्यान डान्स' नामक रियालिटी सो मा दोस्रो भएसँगै निरन्तर नृत्य र अभिनय क्षेत्रलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । अभिनयसँगै वाणिज्य विषयबाटै स्नातकोत्तर सकेर बैंर्कस बन्ने उहाँको लक्ष्य छ ।

लाक्पा तेन्जि शेर्पाको 'मज्जाले नाचौला' लगायत 'कुसुमे रुमाल दुई', रामकुमार कार्कीको 'घर त रामेछाप' सँगै नदिङ, झ्याउरे, तामाङ सेलो भाकाको एक दर्जन गीतमा गरेको अभिनयला दर्शकले मन पराएका छन् । 


उमाकुन्ड गाउँपालिका २,  रामेछाप स्थायी घर भएकी मोडल शेर्पा वाणिज्य विषयमा स्नातक गर्दै हुनुहुन्छ । हाल गोकर्णेश्वर ८  काठमाडौंमा बस्दै आउनुभएकी मोडल शेर्पा आफूलाई बाबु आङकाले र आमा याङडी शेर्पाको सहयोगले कला क्षेत्रलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ ।