• १३ वैशाख २०८१, बिहिबार

स्कटल्यान्डसँग नेपालको लज्जासपद हार

blog

फाइल तस्बिर ।

काठमाडौं, मंसिर २२ गते । कमजोर ब्याटिङ का कारण नेपालले नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग लज्जासपद हार खेपेको छ । 

जारी लिगमा नेपाल जितविहन बन्यो । युनाईटेड क्रिकेट ग्राउन्ड विन्ढोकमा बिहीबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भयो । नेपालले दिएको एक सय २० रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा दुई विकेटको क्षतिमा एक सय २१ रन जोड्दै पूरा गरेको हो । 

स्कटल्यान्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाउनुभयो । जर्ज मुन्सिले ४५, कायल कोट्जरले १६ र कप्तान रिचि बेरिङ्टनले अविजित १२ रन बनाउनुभयो । बलिङमा नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय १९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाउनुभयो । सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललितनारायण राजवंशीले ११ रन बनाउनुभयो । नेपालका अन्य ब्याट्सम्यानले दोहारो अंकको रन जोड्न सक्नुभएन । 

बलिङमा स्कटल्यान्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले दुई दुई विकेट लिनुभयो । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले एक एक विकेट झार्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक बनाएको छ । २४ खेल सकेको नेपाल १८ अंक सहित छैटौं स्थानमा छ ।

लगातार खराव नतिजाले नेपालको विश्वकप छनोट सम्भावना कमजोर बनेको छ । लिग–२ मा सहभागी सात टोलीले एक आपसमा ३६ खेल खेलेपछि शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । नेपाललाई अन्तिम पाँचमा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न पनि अबका खेल जित्नुपर्ने बाध्यता हुन्छ ।

यस सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपाल र नामिबियाले एक एक अंक बाँडेका थिए । त्यसपछि नेपाल दोस्रो खेलमा स्टकल्यान्डसँग तीन विकेटल पराजित भयो । बुधबार भएको तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग ८६ रनले पराजित भएको थियो ।