• ६ वैशाख २०८१, बिहिबार

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

blog

माओवादी केन्द्रका गंगा कार्की , एमालेका बालकृष्ण सिवाकोटी ।

बाबुराम शर्मा
दोलखा, मङ्सिर १६ गते ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीको अग्रता कायमै रहेको छ ।

गौरीशङकर गाउँपालिकाका ९ वडामध्ये ८ वडाको मतगणना गर्दा कार्कीको एक हजार ४३८ को मनान्तरले अग्रता कायमै रहेको छ । कार्कीले चार हजार १०५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीले दुई हजार ६६७ मतले पछ्याइरहनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानएको छ ।

त्यसैगरी प्रदेस सभा (ख) मा नेकपा (एमाले)का उम्मेदवार भरतबहादुर केसीलाई नेपाली कांग्रेसका बर्मा लामा ९५४ मतले अगाडि हुनुहुन्छ । लामाले तीन हजार ५१५ ल्याउनु भएको छ भने नेकपा एमालेका केसीले दुई हजार ५६१ मत पाउनु भएको छ । प्रदेश (क) मा कांग्रेसका कुन्दनराज काफ्ले एक हजारभन्दा बढी मतान्तरले अगाडि हुनुहुन्छ ।