• १० मंसिर २०८१, सोमबार

चीनका पूर्व राष्ट्रपति चियाङ चेमिनको निधन

blog

बेइजिङ, मङ्सिर १४  गते । चीनका पूर्व राष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्त कोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो । 

नेता चियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो । 

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म  राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गर्नुभएको थियो । 

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिक स्थलमा देखिनुभएको थिएन । तीन वर्षअघि उहाँ तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो । रासस,सिन्ह्वा