• १८ असार २०८१, मङ्गलबार

चितवनमा मतगणनाको तयारी

blog

मत गणना गर्न तार जाली लगाएर तयार गरिएको आद्योेगिक प्रदर्शनी केन्द्रको सभाकक्ष । तस्बिर : बसन्त पराजुली

वसन्त पराजुली

भरतपुर, मङ्सिर ४ गते । चितवनमा झण्डै ६५ प्रतिशत मत झरेको छ ।  चार लाख आठ हजार ३४२ मतदाता रहेको चितवनमा दुई लाख ६४ हजार मत खसेका प्रारम्भिक तथ्याङ्क आएको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।  

चितवनमा ३ संघीय र ६ प्रदेश क्षेत्र रहेको छ । मतदान सकिएपछि अहिले सबै क्षेत्रमा मतपेटिका ल्याउने क्रम जारी छ । राती अबेरसम्ममा सबै क्षेत्रबाट मतपेटिका जम्मा हुने र त्यसपछि मात्रै मतगणनाका बारेमा सर्वदलीय निर्णय हुने चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । 

चितवनमा १६२ वटा मतदानस्थल त्यसअन्तर्गत ४६० वटा मतदान केन्द्रमा आज निर्वाचन भएको थियो । मत गणना चितवन क्षेत्र नम्बर १ को खैरहानीस्थित विद्यालयमा क्षेत्र नम्बर २ को भरतपुरस्थित औधोगिक प्रदर्शनी केन्द्रको हलमा र ३ को रामपुरस्थित कृषि तथा वन विश्व विद्यालयमा मत गणना गर्ने तयारी भइरहेको छ ।