• १२ साउन २०८१, शनिबार

बसको ठक्करबाट दम्पतीको मृत्यु

blog

बिर्तामोड, कात्तिक ३० गते ।  पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ७ दुर्गापुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । 

मङ्गलवार दिउँसो साढे ३ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मोटरसाइकलमा सवार  अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उहाँकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीलाई सख्त घाइते बनाएको थियो । घाइते दुवैको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा साढे ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 दुर्घटनापछि बस र बस चालक मोरङ सुन्दरहरैचा वडा नं. ६ बस्ने ४० वर्षीय भूपाल देवानलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Author

लीला झापाली