• १२ साउन २०८१, शनिबार

ओखलढुङ्गामा नमुना मतदान

blog

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक १९ गते । ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङैसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो । 

मतदान प्रक्रिया सिकाउन र बदर मत सङ्ख्या घटाउन नमुना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले बताउनुभयो । सिद्धिचरण नगरपालिका भवनमा शनिबार आयोजना गरिएको नमुना मतदानमा जिल्लाका सरकारी कार्यालयका कर्मचारी साथै स्थानीय मतदाताको उपस्थिति थियो । 

मतदानमा सरकारी कर्मचारी र सर्वसाधारणको पनि सहभागिता थियो । नमुना मतदानले मङ्सिर ४ गते हुने निर्वाचनमा व्यवस्थापन सहज गर्न सहयोग पुग्ने विश्वास जिल्ला निर्वाचन कार्यालयले विश्वास लिएको छ ।