• १३ असोज २०८१, आइतबार

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

blog

साङ्केतिक तस्बिर

मस्को, कात्तिक १९ गते । रुसको पश्चिमी सहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य चार जना घाइते भएको क्षेत्रीय आपत्कालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै तासले  जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो ।

आगो तीन हजार पाँच सय वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा