• ११ मंसिर २०८१, मङ्गलबार

रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक १९ गते । एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवा निर्वाचन क्षेत्र नं. १ मा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।

रसुवामा सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो । कुल ३९ हजार ४५९ मतदाता रहेको रसुवामा ३४ मतदान स्थल र ५२ मतदान केन्द्र तोकिएको छ ।



इन्फोग्राफ : निर्वाचन आयोग नेपाल