काठमाडौं, कात्तिक १७ गते । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्षले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर यसलाई सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई आफ्नो काखमा, आफ्नो पोल्टामा के प्राप्त ग¥यो भन्ने खोज्दा त्यसको प्रत्यक्ष अनुभूति दिएर उसको जीवन फेर्ने गरी काम गर्नुपर्ने आवश्यक छ ।’’
उहाँले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, साामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउने गरी काम गर्न आवश्यक रहेको औंल्याउनुभयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समृद्धिको दिशामा फड्को मार्नु रहेको बताउनुभयो ।
उहाँले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिन सकिने भनाइ व्यक्त गर्नुभयो । अहिलेको सत्ता गठबन्धनले आफूलाई जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताउनुभयो । गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेदवारहरुका लागि रहेको उहाँको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले धेरैभन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पनि आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘आजको मुख्य कार्यभार समृद्धिको दिशामा फड्को मार्नु नै हो । हामीले गुणात्मक हस्तक्षेप त्यस दिशामा गर्नुपर्छ र जनतालाई राजनीतिक परिवर्तनबाट हाम्रो जीवन फेरिने गरी यत्ति प्राप्त भयो भनेर दिनुपर्छ । त्यसको निम्ति यो गठबन्धनले आफूलाई यो कार्यभार पूरा गर्नेगरी तयार गर्नुपर्छ । गोरखालाई यो नेतृत्व पूरा गर्ने अवसर प्राप्त छ । सम्भावना देखापरेको छ । त्यसको अर्थ धेरै मत ल्याएर आफ्ना मतदातालाई विजयी गराउनुपर्छ ।’’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्नुहुँदै राजनीतिक प्रक्रिया पूरा गरे पनि द्वन्द्व पीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भूमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताउनुभयो ।