• ११ मंसिर २०८१, मङ्गलबार

सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि मृत्यु

blog

फाइल तस्बिर

राजन रावत
हुम्ला, कात्तिक १५ गते ।
 सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि एकजना महिलाको मृत्यु भएको छ । दुर्गम गाउँमा स्वास्थ्य चौकी नभएका कारण उपचार गर्न नपाउँदा सुत्केरीको मृत्यु भएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली–५ करगाई गाउँका स्थानीय बलबहादुर शाहीले २० वर्षीया रंगिता शाहीको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको बताउनुभयो ।

स्थानीय बलबहादुरका अनुसार रंगिताको मङ्गलबार बिहान ६ बजे मृत्यु भएको हो । सोमबार मध्यराति रंगिता घरमै सुत्केरी हुनुभएको थियो ।

नजिकै स्वास्थ्य चौकी नभएको र गाउँमा पनि कोही स्वास्थ्यकर्मी नभएका कारण राति कसैलाई पनि खबर नगरेको र बिहान स्ट्रेचर ल्याउन स्वास्थ्य चौकी रहेको बारीगाउँ जाँदै गर्दा शाहीको मृत्यु भइसकेको जानकारी उहाँले दिनुभयो ।