• १३ साउन २०८१, आइतबार

झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिम बढ्यो

blog

सुर्खेतको सिम्ता गाउँपालिका –६ ठिग्रीमा जिर्ण अबस्थामा रहेको झोलुङ्गे पुल । तस्बिर : नविन सुवेदी

नविन सुवेदी

सुर्खेत, कात्तिक १४ गते । सुर्खेतको सिम्ता गाउँपालिका –६ ठिग्रीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेसँगै जोखिम बढेको छ । ठिग्नीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेपछि आवतजावत गर्ने नागरिकलाई जोखिम बढेको हो । 

ठिग्नी, कोरेलचौर, रिठाबोट र काप्रीचौरको मुख्य प्रवेशद्वारको रूपमा यो पुल रहेको छ । बर्खाको समयमा बढेको भेरीको बहावले दिशा परिवर्तन गरेको हुनाले पुल समेत जोखिममा रहेको छ । नदीको दिशा परिवर्तन हुँदा नदीको एक साइटमा अत्यधिक ढुङ्गा भरिएको कारणले पुलले नदी छुने अवस्थामा पुगेको छ ।

यस्तै, सो पुलका ८ वटा साइड लहरा चुँडिएका छन् ।  पुल जीर्णहुँदै गए पनि सम्बन्धित ठाउँबाट कुनै चासो नभएको स्थानीयवासी मिलन बिसीको गुनासो छ । पुल जीर्ण अवस्थामा रहेकाले नागरिकलाई ओहोरदोहोर गर्न समस्या भएको छ । पानीको बहाव बढ्दा नदीले पुल नै छुनेगरेको छ । यस्तै, जीर्ण अवस्थामा रहेको पुलको दीर्घकालीन समाधानका लागि पक्की पुलको आवश्यक भएको स्थानीय सुवास बिसीले बताउनुभयो । 

सो ठाउँमा पक्की पुल बन्दा सल्यानको सल्लिबजार, अम्रा र सुर्खेतका ठिग्नी, घोरेरी, कोरेल्चौर, रिठाबोट र काप्रीचौर सडक सञ्जालमा जोडिने बताउनुभयो । साथै, बिसीले चुनावको समयमा विभिन्न दलबाट पुल बनाउने आश्वासन मात्रै दिने तर काम नगर्ने भएकाले तत्काल पक्की पुल निर्माणका लागि सम्बन्धित निकायले चासो लिनुपर्ने माग गर्नुभयो ।