• १३ साउन २०८१, आइतबार

दैलेखमा बारुद पड्किँदा श्रीमान् श्रीमती घाइते

blog

कमल शर्मा
दैलेख, कात्तिक १४ गते ।
माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा बारूद पड्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् । नारायण नगरपालिका–६ भुर्तीमा फलामे पाइपमा बारुद भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उहाँकी २२ वर्षीया श्रीमती  अञ्जु सार्की घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले माछा मार्ने बारुद पड्किँदा घाइते हुनुभएको उहाँहरुको जिल्लामा अस्पतालमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको बताउनुभयो ।

उहाँले प्रहरीले घटनास्थलबाट ९० ग्राम बारुद, ५७ वटा सलाईका बट्टा र दुई थान फलामे पाइप सकेट (बम बनाउने) बरामद गरेको बताउनुभयो । घाइते अर्जुन कार्कीको हातको हत्केला र आँखामा चोट लागेको छ भने श्रीमतीको अवस्था समान्य छ । घाइते अन्जु गर्भवती समेत हुनुहुन्छ ।